प्रत्यक्षदर्शीको बयान- गणेश नेपाली जलेर ढलिसक्दा पनि नगर प्रहरी मोटरसाइकल उठाउनै व्यस्त थियो
nepalpress.com · Fri Jul 10 04:47:06 GMT 2026

काठमाडौं । हिजो त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि गणेश नेपालीले गरेको आत्मदाह प्रयासको घटनाका सम्बन्धमा एक प्रत्यक्षदर्शी महिलाले महानगर प्रहरीको संवेदनहीनता र लापरबाहीप्रति गम्भीर आरोप लगाएकी छिन् । घटनाका बेला बच्चासहित नजिकै रहेकी प्रत्यक्षदर्शी रन्जु ढकालका अनुसार महानगर प्रहरी (महिला) र गणेशबीच वादविवाद भएको थियो ।
गणेशले आफ्नो मोटरसाइकल केही समयका लागि मात्र त्यहाँ रोकेको ढकाल बताउँछिन् । नगर प्रहरीले ‘यहाँ बाइक नराख्नुस्’ भन्दा नेपालीले ‘म गइहाल्छु’ भनेर अनुरोध गरेका थिए । तर, उनले कुरा सुन्नुको साटो तुरुन्तै ह्विल लक गरिदिएपछि विवाद सुरू भएको ढकालको भनाइ छ । लामो समयसम्म भनाभन र बहस भएको उनले बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)