केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान
nepalnews.com · Fri Jul 10 04:56:15 GMT 2026

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले रु ६० अर्ब बराबरको निक्षेप संकलन गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गर्दै १९ दिनको निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरिएको जनाएको छ। बोलकबोल आज दिउँसो ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)