पराशर मार्गको काम कछुवा गतिमा
ratopati.com · Thu Sep 10 18:48:06 GMT 2026

तनहुँ । विश्व बैंकको सहयोगमा स्तरोन्नति सुरु भएको व्यास नगरपालिकास्थित चार वडा जोड्ने सडकको काम सुस्त हुँदा सर्वसाधारणले सास्ती खेपेका छन् । विसं २०८१ जेठदेखि सुरु भएको उक्त सडकको हालसम्म ४७ प्रतिशत भौतिक प्रगति भएको हो ।
विश्व बैंकको सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने पराशर मार्ग स्तरोन्नतिको काम अगाडि बढाइएकामा निर्माण व्यवसायीको ढिलासुस्तीले कामले गति लिन नसकेको हो । उक्त खण्डको काम सुस्त हुँदा सो मार्ग हुँदै यात्रा गर्ने सर्वसाधारणले धुलो र हिलोको समस्या खेप्नुपरेको स्थानीय लोकराज सेढाईँले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)