विदेशी उद्धार टोली नल्याउने अडानबाट पछि हट्यो सरकार, भारतीय टोली काठमाडौँ प्रस्थान
ratopati.com · Fri Aug 28 16:15:22 GMT 2026

काठमाडौँ । उद्धार तथा खोजी कार्यमा विदेशी सहयोग नलिने अडानबाट नेपाल सरकार पछि हटेको छ। विभिन्न देशले खोज तथा उद्धार टोली पठाउने प्रस्ताव गरे पनि यसअघि सरकारले ती प्रस्ताव अस्वीकार गर्दै आएको थियो।
भारत, चीन, अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, श्रीलंका र बंगलादेशले आफ्ना खोज तथा उद्धार टोली नेपालमा परिचालन गर्न अनुमति दिन सरकारसँग आग्रह गरेका थिए । परराष्ट्र मन्त्रालयले शुक्रबार दिउँसो मात्र उद्धार तथा खोजी कार्य आफ्नै सुरक्षा निकायले गरिरहेको बताउँदै तत्काल विदेशी टोलीको आवश्यकता नरहेको स्पष्ट पारेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)