घर जलेपछि पीडितको बिचल्ली
ekantipur.com · Sat Oct 19 16:28:41 UTC 2024

जुविथा, कालीकोट — तिलागुफा नगरपालिका–६ जुविथाकी ४८ वर्षीया लक्ष्मी शाही गत बुधबार बिहान घाँस काट्न मेला (खर पाखो) गएकी थिइन् । उनीसँगै छोरा र दुई छोरी पनि थिए । एक्कासि गाउँमा आगो लागेको खबर छिमेकीले सुनाए । उनी आइपुगुञ्जेल घर जलेर खरानी भइसकेको थियो ।
ज्याला मजदुरीका लागि भारत गएका पति नरेन्द्रको दुई वर्षअघि मृत्यु भएपछि एक छोरा र दुई छोरीको लालनपालन र शिक्षाको जिम्मा उनैको काँधमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)