सहकारी बेथिति जाँचबुझ प्रतिवेदन सार्वजनिक गरिने
gorkhapatraonline.com · Tue May 26 00:25:57 GMT 2026

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा मुकेश डङ्गोल नियुक्त हुनुभएको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार सम्पन्न मन्त्रीपरिषद् बैठकले डङ्गोललाई महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । उहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव हुनुहुन्छ ।
सरकारले नेपाल–चीन जोड्ने चिलिमे–केरुङ विद्युत् प्रसारण लाइन आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र (लेटर अफ रिप्लाइङ) स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्री पोखरेलले मन्त्रीपरिषद् बैठकले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)