‘चलचित्रको योगदानलाई सम्मान गरिन्छ’
gorkhapatraonline.com · Tue May 26 00:22:28 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विदेशी महोत्सवमा नेपाली चलचित्रले सहभागिता जनाउनु भनेको अन्तर्राष्ट्रिय स्तरमै उपलब्धि भएको बताउनुभएको छ ।
विश्वकै प्रतिष्ठित र गरिमामय ‘कान्स फिल्म फेस्टिभल’ मा नेपाली चलचित्रको इतिहासमा अभूतपूर्व रेकर्ड कायम गरेर स्वदेश फर्किएको चलचित्र ‘एलिफेन्ट्स इन द फग’ टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने क्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले कला, संस्कृतिसँगै प्राकृतिक स्थलको प्रचारका लागि पनि चलचित्र निकै महत्वपूर्ण भएको बताउनुभयो । उक्त सम्मानले नेपाली चलचित्रको शिल्प र प्राविधिक सम्भावनालाई विश्वसामु थप स्पष्ट बनाएको धारणा उहाँले व्यक्त गर्नुभयो । “पहिलो चलचित्रबाटै यति शक्तिशाली अन्तर्राष्ट्रिय अवार्ड जित्न सकिन्छ भने अबको १० वर्षसम्म मेहनत गर्ने हो भने नेपाली चलचित्र क्षेत्र कहाँ पुग्ला ?,” उहाँको प्रश्न थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)