मौद्रिक नीतिको स्वागत गर्दै सहुलियतपूर्ण कर्जा र कार्यशील पुँजी सहज बनाउन डेरी एसोसिएसनको माग
ajakoartha.com · Fri Jul 10 06:12:00 GMT 2026

काठमाडौं- नेपाल डेरी एसोसिएसनले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको स्वागत गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ।
एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालद्वारा जारी विज्ञप्तिमा मौद्रिक नीतिले कृषि, पशुपालन, डेरी तथा कृषि आधारित उद्योगलाई प्राथमिकता दिँदै उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह, सहुलियतपूर्ण वित्तीय पहुँच, साना तथा मझौला उद्यमलाई कर्जा विस्तार, कृषि मूल्य शृङ्खला, खाद्य प्रशोधन, चिस्यान केन्द्र (कोल्ड स्टोर), भण्डारण पूर्वाधार तथा आयात प्रतिस्थापनमुखी उद्योगलाई प्रोत्साहन गर्ने व्यवस्था समेटिएकोप्रति स्वागत गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)