रसुवा बाढी प्रभावितका लागि के- के राहत सामग्री चाहिन्छ ? सरकारले निकाल्यो सूची
ratopati.com · Fri Aug 28 16:22:26 GMT 2026

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशीमा आएको भीषण बाढी प्रभावितका लागि खोज, उद्धार तथा राहत सामग्री उपलब्ध गराउन आग्रह गरेको छ।
बाढीका कारण जनधनको ठूलो क्षति भएको र हाल उद्धार तथा राहतको कार्य निरन्तर भइरहेको जनाउँदै प्राधिकरणले इच्छुक दातालाई सहयोगका लागि आह्वान गरेको हो। प्राधिकरणले सूचना जारी गर्दै इच्छुक दातृ निकाय, अन्तर्राष्ट्रिय विकास साझेदार, संघसंस्था, नागरिक समाज र निजी क्षेत्रले तोकिए बमोजिमका सामग्री उपलब्ध गराउन सक्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)