खड्काको उपन्यास ‘रहर’ लोकार्पित
baahrakhari.com · Fri Jul 10 06:28:41 GMT 2026

काठमाडौं । उपन्यासकार मनहरि खड्का मनोहरको पहिलो उपन्यास ‘रहर’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा मञ्जरी पब्लिकेसनद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. तुलसी भट्टराई, प्रा.डा. गोविन्दराज भट्टराई, रमेश खनाल, लक्ष्मण गाम्नागे, युवराज मैनालीलगायतले उपन्यास लोकार्पण गरे ।
कार्यक्रममा कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै साहित्यकार अनिता कोइरालाले खड्काको उपन्यासले मनोवैज्ञानिक रूपमा जीवनका रहर अभिव्यक्त गरेको बताइन् । कोइरालाले अन्धकारपछि उज्यालो हुन्छ भन्ने सन्देश यस उपन्यासले दिएको चर्चा गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)