राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
techpana.com · Fri Jul 10 06:50:48 GMT 2026

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका युवाको उपचारका क्रममा शुक्रबार निधन भएको छ । पार्किङ गरिएको मोटरसाइकलमा नगर प्रहरीले ह्विल लक लगाएपछि विवाद हुँदा मुगुको सोरु गाउँपालिका वडा नं १ का स्थायी घर भई हाल भक्तपुर बस्दै आएका गणेश नेपालीले बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए ।
घटनापछि तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्याएको थियो । तर शुक्रबार बिहान करिब ११ः२० बजे उपचारका क्रममा उनको निधन भएको जिल्ला प्रहरी परिसर काठमाण्डौंका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिएका छन् । प्रहरीले गणेश नेपालीको मृत्युको पष्टि गरे पनि वीर अस्पतालले भने औपचारिक जानकारी दिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)