सीबीफीनले गर्याे मौद्रिक नीतिको स्वागत, अर्थतन्त्र विकासमा टेवा पुर्याउने प्रतिक्रिया
shilapatra.com · Fri Jul 10 06:50:11 GMT 2026

बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन) ले मौद्रिक नीतिको स्वागत गरेको छ । नेपाल राष्ट्र बैंकले गत मंगलबार आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो । मौद्रिक नीति मूल्य स्थिरता, वित्तीय क्षेत्रको स्थायित्व, नियामकीय सरलीकरण तथा समग्र आर्थिक सन्तुलन कायम गर्ने दिशामा सन्तुलित दृष्टिकोणसहित मौद्रिक कार्यदिशा अवलम्बन गरेको भन्दै सीबीफीनले तारिफ गरेको हो ।
विगतको परम्परागत ढाँचामा परिवर्तन गर्दै वित्तीय प्रणाली र निजी क्षेत्रलाई सकारात्मक सन्देश दिने विभिन्न नीतिगत व्यवस्थाहरूसमेत समेटेको भन्दै सीबीफीनले राष्ट्र बैंकलाई धन्यवाद दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)