पाठ्यक्रम परिमार्जन: पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव
ratopati.com · Thu Sep 10 20:32:04 GMT 2026

भक्तपुर । ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित कार्यशालाबाट पाठ्यभार घटाउनुपर्ने, शिक्षालाई रोजगार तथा उद्यमशीलतामुखी बनाउनुपर्ने र नयाँ प्रविधिसहित कृत्रिम बौद्धिकता (एआई)लाई पाठ्यक्रममा समेट्नुपर्ने सुझाव प्राप्त भएका छन् ।
पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम परिमार्जन प्रयोजनार्थ सातै प्रदेशमा आयोजना गरेको कार्यशालामा सहभागीले वर्तमान पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी र स्थानीय आवश्यकता अनुकूल बनाउनुपर्नेमा जोड दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)