नामिबियासँग हार्यो दक्षिण अफ्रिका
ratopati.com · Fri Aug 28 16:26:12 GMT 2026
विन्डहोक । नामिबियाले रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई हराउँदै घरेलु मैदानमा आयोजित त्रिकोणात्मक शृङ्खलाको सुखद सुरुआत गरेको छ। यस जितसँगै नामिबियाले दक्षिण अफ्रिकाविरुद्ध आफ्नो अपराजित यात्रा कायम राखेको छ।
दक्षिण अफ्रिकाले पहिलो रोजाइको टोली मैदानमा नउतारे पनि नामिबियाले १६३ रनको योगफल सफलतापूर्वक रक्षा गर्दै जित दर्ता गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले उत्कृष्ट सुरुआत गरेको थियो। ओपनर जन फ्राइलिङ्क र लोरेन स्टिनक्याम्पले पहिलो विकेटका लागि ९.५ ओभरमा ८४ रनको साझेदारी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)