सकियो बर्वेको तीनदिने लेखन र निर्देशन कार्यशाला
thahakhabar.com
काठमाडौं : चलचित्र विकास बोर्डले भारतीय फिल्ममेकर अनुपम बर्वेको साथमा आयोजना गरेको तीनदिने पटकथा लेखन र निर्देशन कार्यशाला आइतबार सकिएको छ। चाबहिलस्थित बोर्डको हलमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै कार्यशाला समापन गरिएको हो।
चैत ३ गतेदेखि ५ गतेसम्म सञ्चालित कार्यशाला पामे फिल्म फेस्टिवलले व्यवस्थापन गरेको थियो भने कार्यशालामा ४८ जना प्रशिक्षार्थी सहभागी थिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)