भारतीय गायक सोनु निगम नेपाल आउँदै
gorkhapatraonline.com · Sun Dec 22 17:04:44 GMT 2024

काठमाडौँ, पुस ७ गते । भारतका प्रसिद्ध गायक सोनु निगमले नेपाली दर्शकसँग साक्षात्कार गर्न प्रतीक्षारत रहेको बताउनुभएको छ । पुस १० गते बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रमका लागि भिडियो सन्देश पठाउँदै उहाँले नेपालीसँग पहिलो पटक साक्षात्कार हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “मैले नेपाली गीत धेरै गाए पनि नेपालमा कन्सर्ट भने गरेको छैन । अहिले नेपालीसँग साक्षात्कार गर्ने अवसर जुटेकोछ, म उक्त दिनको प्रतीक्षामा छु । नेपाली र भारतीय गीतमार्फत उपस्थित दर्शकलाई मनोरञ्जन दिन कुनै कसर बाँकी राख्ने छैन ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)