संसद्मा मल खोजिरहेका सांसद
annapurnapost.com · Fri Jul 10 07:25:47 GMT 2026

काठमाडौं : ‘सम्माननीय सभामुख महोदय, म भात खान्छु। सरकारले के खान्छ ? मलाई लाग्छ सरकारले पनि भात खान्छ। मलाई त थाहा छ त्यो भात कहाँबाट आउँछ, सरकारलाई त्यो कुरा थाहा छ कि छैन ? त्यो भात धानबाट आउँछ। त्यो धान किसानको खेतमा फल्छ र त्यसका लागि मल चाहिन्छ।’
प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष राजवंशीले यी शब्दहरू बडो गम्भीर भावमा उच्चारण गरे, तब संसद् हलमा स्वयं सत्तापक्षका सांसदहरूले नै टेबल ठटाए। मानो रोपेर मुरी उब्जाउने यो मुख्य सिजनमा मल नपाएर छटपटिएका देशैभरिका लाखौं किसानको साझा पीडा र व्यंग्यको सामाजिक सञ्जालमा समेत चर्चा पायो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)