गणेश नेपाली मृत्यु प्रकरण : माइतीघरमा प्रदर्शन, अस्पतालमा अन्योल
shilapatra.com · Fri Jul 10 07:31:00 GMT 2026

नगर प्रहरीको ज्यादतीका कारण आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्युपछि अन्योल सिर्जना भएको छ ।
राइडर २५ वर्षिय नेपालीको मोटरसाइकलमा नगर प्रहरीले ह्वील लक गरेपछि उनले आत्मदाह प्रयास गरेका थिए । सोही घटनापछि आज मध्यान्ह वीर अस्पतालमा नेपालीको निधन भएको हो । जसले सरकारको नागरिकलाई हेर्न दृष्टिकोण, नगर प्रहरीको रवैया जस्ता विषयमा आपत्ति व्यक्त भएको छ । सरकारको नेतृत्व गरिरहेका रास्वपाका सांसदले समेत सरकार मानवीय नभएको भन्दै आपत्ति जनाएका छन् । सांसदहरू गणेश कार्की, रञ्जु दर्शना, पुकार बमसहितले राज्यलाई मानवीय बन्न सुझाएका छन् । नेपालीको निधनपछि आक्रोशित युवाहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । ‘राज्य आतंक बन्द गर’, ‘हत्यारा सरकार मुर्दावाद’ भन्दै प्रदर्शन गरेका हुनु् । नेपालीको मृत्युपछि उनको शब उठाउने वा नउठाउनेमा पनि अन्योल बढेको छ । नेपालीको मृत्युपछि अस्पतालमा भीड बढेको छ । सोहीकारण सयौं प्रहरी परिचालन गरिएको छ । जेनजी अगुवाहरू रक्षा बम, तनुजा पाण्डेसहितले पनि राज्य अकर्मण्डय भएको भन्दै आपत्ति जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)