मैना सुनुवारको हत्या प्रकरणमा फैसला सुनाउने तयारी
baahrakhari.com · Fri Jul 10 07:46:00 GMT 2026

काठमाडौं । द्वन्द्वकालमा मारिएकी किशोरी मैना सुनुवारको हत्या प्रकरणमा निर्णय सुनाउन सर्वोच्च अदालतले पेसी तय गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा फैसलाका लागि शुक्रबार (असार २६) फैसला सुनाउन पेसी तय भएको हो । यसअघि २०८२ साल असार २२ मा निर्णय सुनाउने भनिए पनि नभ्याइएका कारण पछि धकेलिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)