धनगढीको तापक्रम ४४ डिग्री, काठमाडौंको कति ?
farakdhar.com · Mon Jun 10 17:18:46 UTC 2024

पछिल्लो केही दिनदखि तापक्रम बढिरहेकोमा आज कतिपय स्थानमा तापक्रम ४० डिग्री आसपास पुगेको मापन गरिएको छ । चारवटा मापन केन्द्रमा भने तापक्रम ४० डिग्रीमाथि मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज साँझ सार्वजनिक गरेको २० वटा तापक्रम मापन केन्द्रको तथ्यांकअनुसार आज सबैभन्दा बढी धनगढीमा ४४ डिग्री पुगेको छ । त्यसपछि नेपालगञ्जमा ४३ दशमलव छ, दीपायलमा ४० दशमलव सात र वीरेन्द्रनगरमा ४० दशमलव नौ डिग्री अधिकृतम तापक्रम मापन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)