पर्यटन बोर्डको पहलमा विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न सम्झौतामा हस्ताक्षर
ratopati.com · Fri Jul 10 08:07:03 GMT 2026

काठमाडौँ । नेपाल पर्वतारोहण क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) नेपालको संयुक्त पहल सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) र नेपाल पर्वतारोहण संघ (एनएमए) बिच विशेष पर्वतारोहण तालिम सञ्चालन गर्ने सम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
समझदारीअनुसार नेपालको पर्वतीय पर्यटन क्षेत्रमा आवश्यक दक्ष तथा व्यावसायिक जनशक्ति उत्पादन गर्न अपि, मनास्लु र कञ्चनजंघा क्षेत्रमा तीनवटा विशेष पर्वतारोहण तालिम सञ्चालन गरिने भएको हो । यसअन्तर्गत अपी हिमाल क्षेत्रमा माउन्टेन गाइड समर स्किल (बेसिक माउन्टेनियरिङ ट्रेनिङ), कञ्चनजंघा क्षेत्रमा माउन्टेन गाइड विन्टर स्किल (एड्भान्स माउन्टेनियरिङ ट्रेनिङ) तथा मनास्लु क्षेत्रमा माउन्टेन लिडर ट्रेनिङ (समर स्किल) सञ्चालन गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)