ट्रम्पको आश्वासन : मध्यावधिमा रिपब्लिकनले जिते सबै वयस्कलाई ५ हजार डलर
barnanmedia.com · Thu Sep 10 21:35:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले कंग्रेसका दुवै सदन जितेमा प्रत्येक वयस्क अमेरिकीलाई ५ हजार डलर दिने घोषणा गरेका छन्।
राष्ट्रपति ट्रम्पले पार्टीको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै यो प्रस्ताव राखेका हुन्। उनले यो रकम कसरी व्यवस्थापन हुन्छ वा कहाँबाट आउँछ भन्ने विषयमा स्पष्ट विवरण दिएका छैनन्। यो योजना लागू गर्न एक खरब डलरभन्दा बढी खर्च हुनेछ। राष्ट्रपति ट्रम्पले यो रकम अमेरिकाभित्रै खर्च गर्नुपर्ने शर्त राखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)