नेपालका बाढीपीडितका लागि एडीबीको ७६ करोड सहयोग
nepalnews.com · Fri Aug 28 16:35:00 GMT 2026

काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) ले भोटेकोसी र त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट प्रभावितहरूको तत्काल उद्धार तथा राहतका लागि ५० लाख अमेरिकी डलर (करिब ७६ करोड) अनुदान स्वीकृत गरेको छ ।
एडिबीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार उक्त अनुदान रकमबाट खोज तथा उद्धारका सामग्री, औषधि, खाद्यान्न, सुरक्षित खानेपानी, अस्थायी आश्रय, सरसफाइ सामग्री, तथा आपत्कालीन पूर्वाधार निर्माणलगायत काममा सहयोग गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)