क्यान प्रवक्ता लामालाई फिर्ता बोलाउने राखेपको निर्णय
gorkhapatraonline.com · Tue May 26 03:46:12 GMT 2026
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कोटामा नेपाल क्रिकेट सङ्घ (क्यान) को सदस्य बन्दै प्रवक्ता चुनिनुभएका छुम्बी लामालाई फिर्ता बोलाउने निर्णय गरिएको छ ।
राखेपले प्रवक्ता लामालाई पत्र लेख्दै फिर्ता बोलाउने जानकारी समेत गराएको छ । राखेपले निर्णय कार्यान्वयन गरेर जानकारी गराउन क्यानलाई समेत निर्दशन दिएको छ । टंकलाल घिसिङ राखेपको सदस्यसचिव हुँदा दुई वर्षअघि लामा राखेप कोटामा क्यानको सदस्यमा नियुक्त हुनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)