पाठ्यक्रम परिमार्जन: पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव
barnanmedia.com · Thu Sep 10 22:42:41 GMT 2026

कोशी प्रदेशमा आयोजित छलफलमा सहभागीले शिक्षालाई स्थानीय उत्पादनसँग जोड्दै स्वरोजगार र उद्यमशीलतामुखी बनाउनुपर्ने, सिकाइलाई विद्यार्थी केन्द्रित, सिर्जनात्मक, प्रयोगात्मक तथा प्रविधिमैत्री बनाउनुपर्ने सुझाव दिएका छन् ।
सहभागीले प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तारसँगै देश प्रेम, नैतिकता तथा परम्परागत भाषा, लिपि र संस्कृतिको संरक्षण हुने किसिमको शिक्षा आवश्यक रहेको बताएका छन् । पाठ्यक्रमलाई लचिलो बनाउँदै निर्माण र कार्यान्वयनको केही जिम्मेवारी विद्यालय तथा शिक्षकलाई दिनुपर्ने सुझाव प्राप्त भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)