क्यान कार्यवाहक अध्यक्षको ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक
ajakoartha.com · Tue May 26 03:50:00 GMT 2026

काठमाडौं- नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता संगठन कम्प्युटर एशोसिएशन नेपाल (क्यान महासंघ) को कार्यवाहक अध्यक्षको रूपमा चिरञ्जीवी अधिकारीले आधिकारिक रूपमा कार्यभार सम्हाल्नुभएको छ। प्रविधिको तीव्र विकास र नीतिगत सुधारको पर्खाइमा रहेको नेपाली प्रविधि क्षेत्रका लागि यो नेतृत्व परिवर्तनलाई निकै चासोका साथ हेरिएको छ।
आफ्नो नयाँ जिम्मेवारीलाई अत्यन्तै विनम्रता र ठूलो दायित्वबोधका साथ लिएको बताउँदै कार्यवाहक अध्यक्ष अधिकारीले नेपालको सुचना प्रविधि इकोसिस्टमलाई नयाँ उचाइमा पुर्याउन र उद्योगको वास्तविक स्तरोन्नतिका लागि आफ्नो नेतृत्व दृढताका साथ अघि बढ्ने उद्घोष गर्नुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)