साहित्य सदनमा विपीका आख्यानमाथि चर्चा
barnanmedia.com · Thu Sep 10 23:50:36 GMT 2026

काठमाडौँ, २६ भदौः नेपाली साहित्यका सशक्त आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाको ११३औँ जन्मजयन्तीका अवसरमा साहित्य सदन नेपालले बिहीबार ‘आख्यानमा विश्वेश्वरप्रसाद कोइराला’ विषयक सङ्गोष्ठी आयोजना गर्यो ।
सङ्गोष्ठीमा प्रा डा लक्ष्मणप्रसाद गौतमले ‘विश्वेश्वरप्रसाद कोइरालाका आख्यानमा इतरजातीय नारीपुरुष सम्बन्ध’, प्रा डा नारायणप्रसाद चालिसेले ‘विश्वेश्वरप्रसाद कोइरालाका आख्यानको प्रगतिशील वैचारिक समाजदर्शन’ र डा अनुपमा रेग्मीले ‘विश्वेश्वरप्रसाद कोइराला कथामा प्रयुक्त दिग्काल’ विषयमा गोष्ठीपत्र प्रस्तुत गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)