कपिलवस्तुमा बस दुर्घटना, ३८ जना घाइते
gorkhapatraonline.com · Tue May 26 05:21:35 GMT 2026

जिल्लाको महाराजगञ्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकखण्डमा मङ्गलबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस बिहान करिब ३ः५५ बजे अनियन्त्रित भई सडकमा पल्टिएको हो ।
दुर्घटनापछि घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल कपिलवस्तुमा उपचार गरिएको र थप उपचारका लागि भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर, १९ जनाको मध्यम र १७ जनाको अवस्था सामान्य रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)