दिगो पर्यटनका लागि पाँच वर्षे रणनीति र कार्ययोजना तयार गरिने
ratopati.com · Tue May 26 05:33:47 GMT 2026

काठमाडौँ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को संयुक्त पहलमा नेपालको दिगो पर्यटनका लागि पञ्चवर्षीय रणनीति तयार गरिने भएको छ।
यसका लागि ती दुई निकायद्वारा ‘इन्टरनेसनल मार्केटिङ स्ट्राटेजी एन्ड फाइभ इयर एक्सन प्लान’ सम्बन्धी छलफल भएको छ। छलफलमा नेपाललाई विश्व पर्यटन बजारमा प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न प्रभावकारी बजारीकरण रणनीति अपरिहार्य रहेकोमा जोड दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)