ग्यास आपूर्तिमा नियमन र निगरानी
annapurnapost.com · Fri Sep 11 00:22:15 GMT 2026

बजारमा सरकारको अनुगमन र नियमन कमजोर हुँदा सर्वसाधारणले कुन तहको आपत् सहनुपर्छ भन्ने उदाहरण अहिले काठमाडौंमा भइरहेको ग्यास अभाव हो। दैनिक पचासौं हजार नागरिकको चुलो बल्न मुस्किल हुने गरी उपत्यकामा खाना पकाउने ग्यास अभाव छ। पसलपसलमा दैनिक हजारौंको लाइनले प्रस्ट गर्छ ग्यासको अभाव चरम छ।
सरकारले भनेजस्तो भईभई र उपभोक्ताले धेरै सञ्चय गरेकै कारण यो अभाव भएको होइन। हो भने पनि सरकारकै काम हो कि कहाँकहाँ कसले आवश्यकताभन्दा बढी ग्यास लुकाएका छन् भनेर खोज्ने। सबैभन्दा महत्वपूर्ण कुरा के भने ग्यास बिक्रीको अनुगमन गर्ने वैज्ञानिक र प्रविधियुक्त विधि छैन। कहाँ कति ग्यास चाहिन्थ्यो र कति आपूर्ति भएको छ भन्ने सूक्ष्म तहको तथ्यांक व्यवस्थापन गर्ने हो भने यस्ता अभावका बेला फारो गर्दै ग्यास बिक्री र वितरण गर्न सहज हुने थियो। पक्कै उपभोक्ता पनि अभावको आतंकले ग्यास थुपार्रछन्। तर सन्तुलित र न्यायोचित हिसाबमा बिक्री वितरण हुन्छ भन्ने सुनिश्चितता दिने कर्तव्य पनि राज्यकै हो, जसमा नागरिकको भरोसा आर्जन गर्नुपर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)