चार दिनदेखि हराइरहेकी महिलाको शव काँसघारीमा भेटियो
annapurnapost.com · Tue May 26 05:57:57 GMT 2026

विराटनगर : मोरङको उर्लाबारीमा चार दिनदेखि हराइरहेकी एक जना महिलाको शव मंगलबार बिहान बक्राहा खोला किनारको काँसघारीमा भेटिएको छ । उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारकी ४३ वर्षीया सविता कन्दङ्वा लिम्बूलाई मृत अवस्थामा फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठले बताए ।
उनका अनुसार उर्लाबारी–१ स्थित बक्राहा खोलाको लन्डन ब्रिज नजिक काँसघारीमा शव देखेपछि स्थानीयले बिहान करिब ७ः४० बजे प्रहरीलाई खबर गरेका थिए । राँगा चराउन गएका बेला स्थानीयले खोला किनारमा शव देखेपछि घटना सार्वजनिक भएको हो । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीबाट इन्स्पेक्टर नवीन वलीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ । डीएसपी श्रेष्ठका अनुसार शव सुन्निएको र घोप्टो परेको अवस्थामा फेला परेको हो । प्रारम्भिक रूपमा शवको सनाखत उनले लगाएको कपडाको आधारमा श्रीमान दिलबहादुर लिम्बूले गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)