भोटेकोशी बाढी: जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार
ratopati.com · Fri Aug 28 16:54:44 GMT 2026

काठमाडौँ । रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र त्रिशूलीमा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङमा फसेका १९१ जनाको आज उद्धार गरिएको छ । सुरुङमा फसेका ती इन्जिनियर, प्राविधिक र मजदुरलाई नेपाली सेनाको टोलीले उद्धार गरी हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको हो ।
सेनाले शुक्रबार बिहानदेखि अपराह्नसम्म रसुवाको टिमुरे, स्याफ्रुवेशी, मैलुङलगायत इलाकाबाट ५६ जना विदेशीसहित ९०० जनाको उद्धार गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)