सङ्घर्ष, सीप र सम्मानको खोजीमा दलित समुदाय
nagariknews.nagariknetwork.com · Tue May 26 06:03:54 GMT 2026

मिथिलाको ऐतिहासिक र सांस्कृतिक केन्द्र मानिने यस धनुषा जिल्लामा दलित समुदायले पनि समाज निर्माणमा महत्वपूर्ण योगदान दिँदै आएका छन्। तर परम्परागत सामाजिक संरचना, आर्थिक अभाव र जातीय विभेदका कारण धनुषाका धेरै दलित समुदाय अझै विकासको मूलधारबाट पछाडि रहेका छन्।
धनुषामा मुख्य रूपमा डोम, चमार, पासवान, मुसहर, तत्मा, खत्वे, हलखोर, धोबीलगायत दलित समुदायको बसोबास रहेको छ। जनकपुरधाम उपमहानगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका, सबैला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, कमला नगरपालिका तथा ग्रामीण क्षेत्रका विभिन्न बस्तीमा यी समुदायको वसोवास उल्लेख्य रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)