मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण
kendrabindu.com · Fri Jun 19 01:43:21 GMT 2026

मस्को । युक्रेनले एक सातामा दोस्रो पटक मस्कोको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको छ भने आक्रमणका लागि पठाइएका युक्रेनका ५५५ ड्रोन खसालेको रुसले दाबी गरेको छ । आक्रमणका कारण मस्कोस्थित एयरपोर्टहरूमा व्यावसायिक उडानहरूमा अवरोध आएको थियो ।
चार वर्षअघि रुसले युक्रेनमा आक्रमण गरेयता भएको यो सबैभन्दा ठूलो ड्रोन आक्रमण भएको एक रुसी अधिकारीले जानकारी दिएका छन् । रुसी रक्षा मन्त्रालयले आफ्नो हवाई प्रतिरक्षाले रातभर विभिन्न क्षेत्रमा रहेका ५५५ युक्रेनी ड्रोनलाई खसालेको दावी गरेको छ । मस्कोका मेयर सेर्गेइ सोब्यानिनले केही ड्रोन आक्रमणले राजधानी मस्कोको तेल प्रशोधन केन्द्रलाई निशाना बनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)