काठमाडौँमा फेरि बर्ड फ्लुको आतङ्क: गोकर्णेश्वरका विभिन्न वडामा भेटियो घातक भाइरस, हजारौँ रैथाने पन्छी र दाना नष्ट गरिँदै
barnanmedia.com · Tue May 26 06:08:36 GMT 2026

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा व्यावसायिक रूपमा पालिएका कुखुरा र हाँसहरूमा घातक ‘बर्ड फ्लु’ (एभियन इन्फ्लुएन्जा) को सङ्क्रमण पुष्टि भएको छ । स्थानीय फार्महरूमा अचानक ठुलो सङ्ख्यामा पन्छीहरू मर्न थालेपछि गरिएको प्रयोगशाला परीक्षणमा यो भाइरस फेला परेको हो, जसका कारण उपत्यकामा जैविक सुरक्षाको चिन्ता थप बढेको छ ।
सङ्क्रमणलाई थप फैलिन नदिन गोकर्णेश्वर नगरपालिका र पशु सेवा विभागको प्राविधिक टोलीले प्रभावित क्षेत्रमा आपत्कालीन नियन्त्रण कार्य सुरु गरिसकेका छन् । टोलीले सङ्क्रमित क्षेत्र वरपरका हजारौँ हाँस, कुखुरा र बट्टाई नष्ट गर्नुका साथै फार्ममा रहेका अण्डा, दाना र सुली समेत सङ्कलन गरी सुरक्षित रूपमा खाल्डोमा पुर्ने काम तीव्र पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)