बोडो - ग्लिम्टमाथि बायर्नको फराकिलो जित, तालिकाको दोस्रो स्थानमा उक्लियो
nepalviews.com · Fri Sep 11 01:20:24 GMT 2026
काठमाडौं । युईएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा बायर्न म्युनिखले बोडो - ग्लिम्टमाथि ५–० गोल अन्तरको फराकिलो जित दर्ता गरेको छ। पहिलो हाफ प्रतिस्पर्धात्मक र गोलरहित रहे पनि दोस्रो हाफमा बायर्नले आक्रामक रूप लिँदै लगातार पाँच गोल गर्यो।
खेलको दोस्रो हाफ सुरु हुनेबित्तिकै ४७ औँ मिनेटमा जमल मुसियालाले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि ६१ औँ मिनेटमा ह्यारी केन र ७७ औँ मिनेटमा अल्फोन्सो डेभिसले गोल गर्दै टोलीको अग्रता ३–० पुर्याए। खेलको अन्त्यतिर झनै आक्रामक बनेको बायर्नका लागि माइकल ओलिसेले उत्कृष्ट प्रदर्शन गर्दै ८३ औँ मिनेट र इन्जुरी समयको दोस्रो मिनेटमा लगातार दुई गोल थपे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)