त्रिभुवन विमानस्थलका सबै पसलमा नेपाली उत्पादन अनिवार्य गर्न सांसद श्रेष्ठको माग
ratopati.com · Tue May 26 06:54:11 GMT 2026

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अनुष्का श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै पसलहरूमा अनिवार्य रूपमा नेपाली वस्तुहरूको बिक्री वितरण हुने गरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन्।
विमानस्थलबाट दैनिक हजारौँ यात्रुहरू नेपालबाट बाहिर जाने भएकाले उनीहरूलाई नेपाली स्वाद र नेपाली पहिचान विश्वभर दिलाउनका लागि पनि सरकारले नेपाली उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूलाई त्यहाँ प्राथमिकताका साथ बिक्रीका लागि राख्न आवश्यक हुने उनको तर्क थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)