सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका
nagariknews.nagariknetwork.com · Fri Sep 11 01:24:25 GMT 2026

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेनजी सहिदको सम्मान र सम्झनामा नेपालगन्ज उपमहानगरपालिकाले भौतिक तथा सामाजिककार्य अगाडि बढाएको छ।
नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोजीको एउटै टोल निवासी १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभराज श्रेष्ठको गत वर्ष भदौ २३ गते राजधानीमा भएको जेनजी आन्दोलनका क्रममा गोली लागेर ज्यान गएको थियो। आयुष र सुलभको असामयिक निधनले एकातिर दुवै परिवारलाई सम्हालिनसक्नु शोकमा धकेलेको छ भने अर्कोतिर सिङ्गो धम्बोजी अझै त्यो कहालीलाग्दो क्षण सम्झेर झस्कन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)