सशस्त्र प्रहरी बलमा ६६६ जनाका लागि भर्ना खुल्यो
ratopati.com · Fri Sep 11 01:39:57 GMT 2026

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) ले साधारण समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि नयाँ भर्ना आह्वान गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय, मानवश्रोत विभाग, हलचोकले शुक्रबार एक सूचना जारी गर्दै जवान र विभिन्न ट्रेडका परिचर गरी कुल ६६६ पदका लागि दरखास्त माग गरेको हो।
सूचना अनुसार कुल पदमध्ये सशस्त्र प्रहरी जवान पदका लागि मात्रै ६०४ जना माग गरिएको छ। जसमा खुलातर्फ ३२६ जना, आदिवासी/जनजातितर्फ ८५, मधेसीतर्फ ७४, महिलातर्फ ५३, दलिततर्फ ४०, पिछडिएको क्षेत्रतर्फ १४ र अमर तथा अशक्त सशस्त्र प्रहरी कर्मचारीका सन्ततिका लागि १२ सिट सुरक्षित गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)