नेपाल पर्यटन बोर्डको सीईओ पदमा दरखास्त आह्वान
aarthiknews.com

काठमाडौं । नेपाल पर्यटन बोर्डले कार्यकारी प्रमुख (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ। बोर्डले शुक्रबार सूचना प्रकाशित गर्दै योग्य उम्मेदवारबाट आवेदन माग गरेको हो।
सूचनाअनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १४ दिनभित्र आवश्यक सम्पूर्ण कागजातसहित आवेदन दिनुपर्नेछ। आवेदन दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछिको कार्यालय खुलेको दिनसम्म दरखास्त पेस गर्न सकिने व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)