क्यानका प्रवक्ता छुम्बीलाई राखेपले फिर्ता बोलायो
annapurnapost.com · Tue May 26 06:52:47 GMT 2026
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य रहेका नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामालाई राखेपले फिर्ता बोलाएको छ । २ वर्ष अगाडि क्यानको विधान २०५५ को परिच्छेद २ को दफा ३ उपदफा ४ मा क्यानका सदस्यलाई पदेन सदस्यको रुपमा नियुक्त गरिएको थियो ।
राखेपका पदेन सदस्यका रुपमा क्यानमा रहेका लामाले पछिल्लो २ वर्षयता क्यानको प्रवक्ताको रुपमा काम गरिरहेका थिए । क्यानका सचिव पारस खड्का निकट उनी प्रवक्ता नियुक्त भएका थिए । राखेपले २०८३ जेठ ११ गतेको पत्रमा विधानमा टेक्दै जेठ ११ गतेबाट लागु हुने गरी लामालाई राखेपको प्रतिनिधि सदस्यमा फिर्ता बोलाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)