कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो, महँगी अझै बढ्ने खतरा
lokaantar.com

मध्यपूर्वमा प्रमुख ढुवानी मार्गहरूमा आक्रमण तीव्र हुँदै गएपछि र आपूर्तिको दीर्घकालीन अवरोधको डर बढेपछि शुक्रबार कच्चा तेलको मूल्यमा थप वृद्धि भएको छ । यससँगै दुवै प्रमुख बेन्चमार्कहरू मध्य-मे महिनायता पहिलो पटक प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेका छन् ।
ब्रेन्ट क्रुडको फ्युचर्स १.०५ डलर (१ प्रतिशत)ले बढेर प्रति ब्यारेल १०८.६८ डलर पुगेको छ। अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट क्रुड ९५ सेन्ट (१ प्रतिशत) ले बढेर प्रति ब्यारेल १०३.४५ डलर पुगेको छ । बिहीबार मात्रै यी दुवै बेन्चमार्क ६ प्रतिशतभन्दा बढीले बढेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)