फिर्के करिडोर कोरियाको चेओङ्ग्येचेन नदीजस्तै बनाइने
gorkhapatraonline.com · Tue May 26 07:09:06 GMT 2026

पोखरा महानगरपालिकाले फिर्केखोलामा बनेका अतिक्रमित संरचना आइतबारदेखि हटाउन सुरु गरेको छ । पोखरा महानगरपालिका–२, १८, ४, ५, ७, ८, ६ र १७ हुँदै फेवातालमा मिसिने फिर्केखोलामा तालभन्दा करिब एक किलोमिटरमाथि बिलौदी खोला पनि मिसिन्छ । पहिलो चरणमा खोलाको बहाव क्षेत्र खाली गरिने र दोस्रो चरणमा मापदण्डभित्रका संरचना हटाइने तयारी गरिएको छ । हाल फिर्केखोलाको दायाँ–बायाँ ६–६ मिटर मापदण्ड कायम गरिएको छ ।
फिर्केखोलामा बनेका संरचनामाथि डोजर चलाइएसँगै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फिर्के खोला करिडोरलाई सुन्दर र स्वच्छ बनाउने योजनाअनुसार डिजाइन गरिएको बताउनुभएको छ । सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै उहाँले लेख्नुभएको छ, “यो परिकल्पना केवल खोला संरक्षणको योजना मात्र होइन, पोखरालाई हरित, स्वच्छ, आधुनिक र विश्वस्तरीय नदी–करिडोर सहरका रूपमा स्थापित गर्ने दूरदर्शी अभियान हो ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)