जलवायु मुद्दा बोकेर अमेरिका जाँदै प्रधानमन्त्री
annapurnapost.com · Fri Sep 11 01:59:48 GMT 2026

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह आगामी असोज ६ गते संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको असोज ६ देखि १० गतेसम्मको अमेरिका भ्रमण स्वीकृत गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री शाहको अमेरिका भ्रमण औपचारिक रूपमा स्वीकृत भइसकेको छ। यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अमेरिका जाने तयारी भए पनि रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सरकारले उच्च तहबाटै जलवायु परिवर्तन र विपद् जोखिमको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउने तयारी गरेको हो।
हिमाली देशको पीडा अन्तर्राष्ट्रिय मञ्चमा
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)