बायर्नको जितमा ओलिसेको दुई गोल
kendrabindu.com · Fri Sep 11 02:05:22 GMT 2026
काठमाडौं । माइकल ओलिसको उत्कृष्ट प्रदर्शनमा जर्मन क्लब बार्यन म्युनिखले यूईएफए च्याम्पियन्स लिगमा सानदार सुरुआत गरेको छ । बिहीबार एलियान्ज एरिनामा घरेलु टोली बायर्नले नर्बेको बोडो ग्लिमटविरुद्ध ५–० को एकतर्फी जित दर्ता गरेको हो । बायर्नलाई जित दिलाउन ओलिसले दुई तथा जमाल मुसियाला, ह्यारी केन र अल्फन्सो डेभिसले एक–एक गोल गरे ।
पहिलो हाफ बराबरीमा सकिएको खेलको ४७औँ मिनेटमा मुसियालाको गोलमार्फत बायर्नले अग्रता लिएको थियो । ६१औँ मिनेटमा केनले टोलीको अग्रता दोब्बर बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)