दुईजना पत्रकारलाई पर्यटन पत्रकारिता पुरस्कार
gorkhapatraonline.com · Fri Sep 11 02:13:09 GMT 2026

तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन (हाफ म्याराथन) प्रतियोगिताको अवसरमा दुईजना पत्रकार पुरस्कृत हुनुभएको छ । पत्रकारितामार्फत पर्यटन क्षेत्रमा योगदान पु¥याएकोभन्दै आयोजकले ताप्लेजुङ र पाँचथरका एक–एक जना पत्रकारलाई पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेमा ताप्लेजुङका अग्रज पत्रकार किशोरकुमार राई र पाँचथरका गिरीराज बाँस्कोटा रहनुभएको छ । तिम्बुङ पोखरी पर्यटन विकास समितिले पत्रकार राई र बाँस्कोटालाई जनही ३० हजार रुपियाँ नगद पुरस्कारसहित सम्मान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)