सिभिल सहकारी ठगीमा इच्छाराजलाई साढे ५ वर्ष कैद, संगठित अपराधमा भने सफाइ
aarthiknews.com

काठमाडौँ। सिभिल सहकारी ठगी मुद्दामा पूर्वसांसद तथा सहकारीका तत्कालीन अध्यक्ष इच्छाराज तामाङलाई जिल्ला अदालत काठमाडौंले ५ वर्ष ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको छ। अदालतले तामाङसहित ठगी कसुरमा दोषी ठहर भएका प्रतिवादीबाट बचतकर्ताको ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ बिगो दामासाहीका आधारमा भराउने फैसला गरेको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृतबहादुर बोहराको इजलासले बिहीबार सजाय निर्धारण गर्दै यस्तो फैसला गरेको हो। यसअघि भदौ ११ गते यही इजलासले तामाङसहित १७ जनालाई सहकारी ठगीसम्बन्धी कसुरमा दोषी ठहर गरेको थियो। उनीहरू सबैलाई संगठित अपराधसम्बन्धी अभियोगमा भने सफाइ दिइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)