बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध, कहाँको अवस्था कस्तो ?
hamrakura.com · Fri Sep 11 00:00:00 GMT 2026

काठमाडौँ। बाढी र पहिरोका कारण बागमती र कर्णाली प्रदेशका विभिन्न प्रमुख राजमार्गहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। पछिल्लो विवरणअनुसार मुख्य सडक खण्डहरूमा यातायात आवागमन गम्भीर रूपमा प्रभावित बनेको छ।
बागमती प्रदेशअन्तर्गत काभ्रेस्थित बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै साँझ ७ देखि बिहान ५ बजेसम्म १० टनसम्मका मालबाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। अन्य समयमा पनि बिहान ४ देखि साँझ ६ बजेसम्म स्थलगत परिस्थितीको मूल्यांकन गरेर मात्रै सवारी सञ्चालन गर्न दिइएको छ। त्यसैगरी, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड बाढीका कारण लामो समयका लागि पूर्ण रूपमा अवरुद्ध बनेको छ भने रसुवाका अन्य मुख्य राजमार्गहरू पनि अर्को सूचना नआएसम्मका लागि पूर्ण बन्द छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)