युवाका लागि सामाजिक सञ्जाल ‘धूम्रपान जत्तिकै हानिकारक’ हुन सक्ने
ratopati.com · Tue May 26 07:33:48 GMT 2026

लन्डन । बेलायतका शीर्ष चिकित्सकहरूले सामाजिक सञ्जालको प्रयोग बालबालिका र किशोरकिशोरीका लागि धूम्रपान जत्तिकै गम्भीर स्वास्थ्य जोखिम हुन सक्ने चेतावनी दिएका छन् ।
उनीहरूले सरकारलाई १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगबारे कडा नीति ल्याउन आग्रह गरेका छन् । यो टिप्पणी एकेडेमी अफ मेडिकल रोयल कलेजेजले सरकारको परामर्श प्रक्रियामा दिएको सुझावमा गरिएको हो । संस्थाले चिकित्सकहरूले बिरामी जाँच गर्दा नियमित स्क्रिन टाइम र सामाजिक सञ्जाल प्रयोगबारे सोधपुछ गर्नुपर्ने सुझाव दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)