सभ्यताको मुहान संरक्षण
gorkhapatraonline.com · Fri Sep 11 02:14:41 GMT 2026

कहिलेकाहीँ पीडाहरू यति अग्ला हुन्छन् कि मान्छेको सामथ्र्यले त्यसको सामना गर्न भ्याउँदैन । विसं २०८३ भदौ १० गते नेपालमा प्रकृतिको यस्तै निर्मम रूप देखियो; जुन यो पुस्ताले भोगेको सबैभन्दा ठुलो प्राकृतिक आपद् थियो । कुनै पूर्वसूचनाबिना नै भोटेकोशी नदी अचानक भयङ्कर रूपमा उर्लियो । लामटाङ हिमालको करिब साढे छ हजार मिटरमाथिको साँघुरो खोचबाट हिउँ, लेदो र चट्टानका टुक्रासँगै आएको बाढी क्षणभरमै बस्तीमा पस्यो ।
यस प्रलयले हजारौँ मान्छेको जीवन मात्रै खोसेन, बरु सभ्यताका आधार, भूगोलका सिमाना र मान्छेका सपनामाथि नै बज्रियो । नदी किनारबाट सुरु भएको मानव सभ्यता फेरि त्यसैको छातीमा बिलिन भयो । यसका वैज्ञानिक कारण जटिल भए पनि मूल कुरा स्पष्ट छ, जब मान्छेले प्रकृतिको छातीमाथि अति गर्न थाल्यो, तब प्रकृतिले आफ्नो अनुशासन देखाएको छ । यो घटनाले मान्छे र प्रकृतिबिचको सम्बन्धमाथि गहिरो प्रश्न उठाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)